दफा १८
तथ्याङ्कमा पहुँच;
(१) कार्यालय वा दफा ७ बमोजिमका- सरकारी निकाय वा सार्वजनिक संस्थाले सङ्कलन गरेको प्रशोधित, अर्धप्रशोधित वा सुक्ष्म कोरा तथ्याङ्कमा यस ऐनको प्रतिकूल नहुने गरी विद्युतीय वा अन्य माध्यमबाट पूरै वा आंशिक रूपमा पहुँच उपलब्ध गराउन सकिनेछ।
(२) सेवा प्रवाह गर्ने निकाय वा राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध अन्य निकायमा रहेको व्यवस्थापन सूचना प्रणालीमा कार्यालयको पहुँच रहनेछ ।
(३) तथ्याङ्कमा पहुँच उपलब्ध गराउने विधि तथा प्रक्रिया तोकिए बमोजिम हुनेछ।